
विराटनगर । आगामी आर्थिक वर्ष २०८२–८३ का लागि कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ ।
आज (आइतबार) को प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव पेश गरेका थिए ।
सभामुख अम्बरबहादुर विष्टले ध्वनि मतका आधारमा बहुमतले प्रदेशको नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे ।
नीति तथा कार्यक्रम पारित गर्नुअघि प्रदेश सांसदले उठाएका प्रश्नका विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जवाफ दिएका थिए ।
उनले प्रदेश सरकारले दीर्घकालिन हितलाई समेटेर नीति तथा कार्यक्रम तयार गरेको बताएका थिए ।

























