
विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–५ स्थित दाहाल गाउँमा श्रीमानको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय कृष्ण लिङ्देनले ४० वर्षीया श्रीमती सम्झना भट्टराईलाई गत वैशाख ३ गते बिहान घरायसी विवादका क्रममा कुटपिट गरेका थिए ।
प्रहरीका अनुसार गम्भीर घाइते भएकी सम्झनालाई प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल फिदिमबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको हो ।
कृष्णलाई अस्पतालबाटै नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























