कुवेत पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा पक्राउ

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १७, शनिबार १६:५७
नाबालिकाको डिम्ब तस्करी गरेको आरोपमा ब्युटिसियन पक्राउ 

काठमाडौं । रोजगारीका लागि कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका–३२ बस्ने सप्तरीका २७ वर्षीय अशोक कुमार साहुलाई पक्राउ गरेको छ ।

अशोकले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–३२ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.