
काठमाडौं । बहुविवाह गरेको आरोपमा एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई प्रहरीले पक्राउ गरेको छ ।
पहिले बिहे गरेकी श्रीमती हुँदाहुँदै उनले भावना गजुरेलसँग बहुविवाह गरेको आरोप छ । भुजेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।
गहतराजविरुद्ध उनकी जेठी पत्नीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् । उनीहरुविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
शमशेर गहतराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भु मार्गमा मेनपावर सञ्चालन गरेका छन् ।
बुधवार साँझ पक्राउ परेका आरोपीहरुविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान गरिने एसएसपी अधिकारीले बताए ।

























