कुटाकुटमा घाइते भएका किशोरको मृत्यु

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार १०:५९
सांकेतिक तस्बिर

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा २ जना किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ ।

नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बुधबार १५ वर्षीय यज्ञ वली र गिरीबीच भएको झगडा कुटपिटमा परिणत भएको थियो । वलीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.