अमेरिकामा गोली हानेर ४ जना नेपालीको हत्या

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २४, शनिबार ०९:३७

काठमाडौं । अमेरिकामा गोली हानेर हत्या गरिएको अवस्थामा ४ जना नेपालीको शव फेला परेको छ ।

भर्जिनियास्थित मानसस पार्कस्थित नजिकै एउटा घरमा एकै परिवारका ४ जना नेपाली मृत भेटिएका हुन् । भाडामा बस्दै आएका उनीहरू बिहीबार मृत फेला परेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

त्यहाँको प्रहरीले दिएको जानकारी अनुसार ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, ८ वर्षीय बालिका र २ वर्षीय बालकको शव फेला परेको हो । घरधनीले भाडावालहरूको जाँच गर्न अनुरोध गरेपछि पुगेको प्रहरीले उनीहरूलाई मृत फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धानबाट चारै जनाको गोली हानेर हत्या गरिएको खुलेको छ । घटनास्थलबाट बन्दुक बरामद भएको छ । प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

उनीहरूको शवलाई मानससस्थित मेडिकल परीक्षकको कार्यालयमा पठाइएको छ । हत्यामा संलग्नको पहिचान भइनसकेको र खोजी जारी रहेको प्रहरीले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.