
विराटनगर । खसी चोरीमा संलग्न ३ जनालाई प्रहरीले सुनसरीको कोशी गाउँपालिका–५ बाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोशी–५ का २१ वर्षीय समीम अख्तर, फिरोज मियाँ र कोशी–६ का २२ वर्षीय मोहमद हसरुद्धिनलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार ३ जना मिलेर कोशी–३ का नरुलहक मियाँको घरमा रहेको करिब ४० हजार मूल्य पर्ने खसी चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बाँधेकै ठाउँबाट बिहीबार बिहानका राति २ बजेतिर खसी चोरी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्याल्य लौकहीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

























