वृद्धाको शव फेला परेको नहर ।विराटनगर । सुनसरी मोरङ सिचाइ आयोजनाको नहरमा मृत भेटिएकी महिलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी महिलाविरुद्ध सात दिनको म्याद थप भएको छ ।
मोरङको ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्काको शव आइतबार सुनसरी मोरङ सिचाई आयोजनाको नहरमा भेटिएको थियो । उनको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी ग्रामथान–६ की ४० वर्षीया सीता ऋषिदेवविरुद्ध अनुसन्धानका लागि सात दिनको म्याद थप भएको हो ।
प्रहरीका अनुसार मृतक वृद्धाले लगाएको कपडा र सुनका गहना सीताको घरमा भेटिएको थियो ।
सात दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेकाे जिल्ला प्रहरी कार्यालय मोरङकी डिएसपी कोपिला चुडालले जानकारी दिइन् ।
मानसिक अवस्था कमजोर भएकी तिलमाया शनिबार घरबाटै हराएकी थिइन् । आइतबार अपरान्ह नहर डुबेको अवस्थामा शव फेला परेको थियो ।

























