
काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मसी छ्यापिएको छ ।
नेकपा बहुमतका कार्यकर्ताले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीराम थारुमाथि कालो मसी छ्यापेका हुन् ।
इजलासमा रहेका बेला उनीमाथि कालो मसी छ्यापिएको थियो ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले आलमलाई जन्मकैद सजायको फैसला गर्ने जिल्ला अदालत रौतहटको फैसला उल्टाएको थियो ।

























