यौन दुर्व्यवहार गरेको आरोपमा युवक पक्राउ

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३०, शुक्रबार ०९:२१
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । खोटाङकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडा स्थायी घर भई दिक्तेल बस्दै आएका २३ वर्षीय धनीराम कटवाल पक्राउ परेका हुन् ।

कटवालले दिक्तेलको मानवअधिकार चोकस्थित आफ्नै पसलमा बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

पीडित बालिकाका अनुसार विद्यालयबाट फर्किने क्रममा गत बुधबार साथीका लागि बास्केट किन्न पसलमा पसेको बेला कटवालले सीसीक्यामेरा अन्यत्र मोडेर यौन दुर्व्यवहार गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.