उद्योग वाणिज्य महासंघ कोशीको क्षमता विकास तालिम सम्पन्न

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३०, शुक्रबार १७:०२

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजनाको सहकार्यमा आयोजित स्थानीय व्यवसाय विकास परामर्शदाताहरूको क्षमता विकास तालिम सम्पन्न भएको छ ।

‎तालिममा साना मझौला उद्योगहरूको व्यवसाय प्रवर्धनमा व्यवसाय परामर्शदाताहरूको भूमिका, व्यावसायिक योजना तयारी, लोन एप्लिकेसन, व्यावसायिक योजनाहरूको अभ्यास, सञ्चार समन्वय, इथिकल स्ट्यान्डर्ड, जेन्डर र सोसियल इन्क्लुजन, तथ्यांक संकलन, नतिजा मापन विषय समावेश गरिएको थियो । साथै, उदय परियोजना र यसको कार्यक्षेत्रबारे पनि सहभागीहरूलाई जानकारी गराइएको थियो ।

‎तालिममा सहभागी कन्काई उद्योग वाणिज्य संघका महासचिव सरोज सिटौलाले व्यावसायिक विकास परामर्श तालिमबाट दूरदराजमा रहेका उद्यमी व्यवसायीहरुलाई विशेष गरेर साना तथा मझौला उद्योगी व्यवसायीहरूको व्यवसाय विस्तारमा परामर्श दिन सकिने बताए ।

‎खोटाङ उद्योग वाणिज्य संघबाट सहभागी मदमबहादुर तामाङले तालिमबाट आफूले व्यावसायिक योजना बनाउन सिकेको बताए । त्यस्तै, धनकुटा उद्योग वाणिज्य संघबाट सहभागी साङ्गहेन्मा राईले महिला उद्यमीहरूले सञ्चालन गरेका उद्यम व्यवसायीहरूलाई प्रवद्र्धन गर्न यो तालिमले सहयोग पुगेको र अबदेखि यस कार्यमा आफू सक्रिय हुने बताए ।

समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जिल्ला नगर उद्योग वाणिज्य संघहरूको क्षमता विकास गर्न महासंघ कोशी क्रियाशील रहेको बताए । व्यावसायिक विकास परामर्श सेवाको सुरुवातले साना मझौला उद्यमीहरूको व्यवसाय प्रवर्धन हुने विश्वास उनले व्यक्त गरेका छन् ।

स्टार्टअप सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने क्रममा रहेको जानकारी उनले दिए । समापन समारोहमा उदय परियोजनाका बीडीएस लिड विष्णु काफ्लेले व्यवसाय विकास परामर्श सेवाको तालिमले कोशी प्रदेशका साना तथा मझौला उद्योग व्यवसायको प्रवर्धनमा सहजता थप्ने विश्वास व्यक्त गरे ।

तालिममा कोशी प्रदेशका विभिन्न जिल्ला÷नगर उद्योग वाणिज्य संघका ३० जनाको सहभागिता रहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.