सुनको सिक्री चोरेर भाग्दै गर्दा पक्राउ

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३१, शनिबार १३:५३
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । उदयपुरमा सुनको सिक्री चोरी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । आज (शनिबार) बिहान चौदण्डीगढी नगरपालिका–४ शनिबारे बजारमा स्थानीय २ जना महिलाले लगाएको सुनको सिक्री थुतेर भाग्ने क्रममा पर्साका १९ वर्षीय सचिन राजपूत पक्राउ परेका हुन्।

प्रहरीका अनुसार सचिन महिलाले लगाएका १० र १२ आनाका २ वटा सिक्री थुतेर भागेका थिए । प्रहरी चौकी बसाहबाट खटिएको प्रहरी टोलीले उनलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । राजपूत पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २० का स्थायी बासिन्दा हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.