संखुवासभाको सिलिचोङ ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा

Share this
795shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १, आइतबार १२:४८

विराटनगर । संखुवासभाको सिलिचोङ गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा गरिएको छ । १६ देखि ५९ महिनासम्म गाउँपालिका भित्र रहेका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएपछि यस्तो घोषणा गरिएको हो ।

स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने मूल नारासहित एक कायृक्रमबीच सिलिचोङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रूपमा घोषणा गरिएको हो ।

गाउँपालिका भित्रका ५ वटा वडाहरूमा रहेका १५ महिना मुनिका १ सय २६ जना बालबालिकाहरूले नियमित खोप लगाइ रहेको तथा १६ देखि ५९ महिना भित्रका ३ सय ७४ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित भएको हो ।

चालु वर्षमा हालसम्म सबैले पूर्ण खोप पाएको र अगामी दिनमा पनि दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिकाको रूपमा घोषणा गरिएको सिलिचोङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख दिपेन्द्र कुमार कुलुङले जानकारी दिए ।

१५ महिनाको उमेरमा लगाउनु पर्ने सबै खोप लगाइसकेपछि पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिकालाई रूपमा घोषणा गरिएको स्वास्थ्य शाखाका प्रमुख कुलुङले बताए । सबै उमेर भित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेकोले कैलाशले पहिलो पटक सुनिश्चिताको घोषणा गरेको हो ।

राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सबै खोपको मात्रा पूरा गरेका छन् । गाउँपालिका भित्रका सबै ५ वटै वडालाई पूर्णखोप तथा सुनिश्चितता घोषणा गरिसकेपछि मात्रै गाउँपालिकालाई पनि घोषणा गरिएको उनको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले गाउँपालिकाले यो अभियानमार्फत सम्पूर्ण बालबालिकालाई समयमै खोप सुनिश्चित गराउदैँ स्वास्थ्य सेवाको दीगो प्रवाहमा योगदान पुर्याउने लक्ष्य लिएकोमा खुसी व्यक्त गरे ।

बालबालिकाहरूले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगहरूको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको उनको भनाइ छ ।

सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङ,प्रमुख जिल्ला अधिकारी दिब्यराज पोखरेल, समन्वय अधिकारी सपना कुमारी भट्टराई, स्वास्थ्य कार्यालय जस्वाअ रोशन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेत लगायतले पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×