
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य एकै दिन प्रतितोला २ हजार ५ सय रूपैयाँले घटेको छ ।
चाँदीको मूल्य भने सामान्य घटेको हो । भाउ घटेसँगै सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार रूपैयाँ कायम भएको छ । सोमबार १ लाख ९७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ प्रतितोला ५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै मूल्य मंगलबार २ हजार १ सय ६० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

























