कपालको हेरचाह किन गर्नुपर्छ ? (भिडियोसहित)

Share this
771shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ असार ३, मंगलबार १७:१२

विराटनगर । बढ्दो प्रदूषण, तनावपूर्ण र व्यस्त जीवनशैली एवं अनुशासनहीन खानपानका कारण अहिले धेरै मानिस कपालसम्बन्धी समस्या झेलिरहेका छन्।

सामान्य ध्यान दिन नसक्दा कपाल झर्ने, हाँगा फाट्ने, चाया पर्ने, चाँडै सेतो हुने समस्याले धेरैलाई सताइरहेको बेला विराटनगरकी सौन्दर्यकर्मी निशु तिम्सिना कपालको नियमित हेरचाहलाई समाधानको मुख्य उपाय मान्छिन् । उनका अनुसार कपाल पनि शरीरको अन्य अंगसरहै संवेदनशील र देखिने अंग भएकाले यसको उचित हेरचाह अपरिहार्य हुन्छ।

तिम्सिना भन्छिन्, ‘कपाल हाम्रो व्यक्तित्वसँग जोडिएको हुन्छ । जसरी छालाको हेरचाह गरिन्छ, त्यस्तै कपालको पनि नियमित र सन्तुलित हेरचाह आवश्यक छ ।’ केमिकलको अत्यधिक प्रयोगले समस्या बढाउने उनको भनाइ छ ।

कपाललाई सुन्दर देखाउन धेरैले बजारमा पाइने विभिन्न हेयर ‘प्रोडक्ट’हरू प्रयोग गर्ने गर्छन्। तर, तीमध्ये धेरैमा केमिकलको मात्रा अत्यधिक हुने भएकाले जथाभावी प्रयोगका कारण कपाललाई अझ ‘ड्यामेज’ गर्ने सौन्दर्यकर्मी तिम्सिनाको भनाइ छ ।

‘केमिकलयुक्त स्याम्फु, कन्डिसनर वा हेयरकलरको अत्यधिक प्रयोगले कपाल सुख्खा, निर्जीव र कमजोर बन्छ। यस्ता उत्पादन प्रयोग गर्दा कपालको प्रकृति पहिचान गरेर मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ,’ उनले स्पष्ट पारिन् । कपालको सुरक्षाका लागि व्यायाम, आहार र पानीको भूमिकालाई बेवास्ता गर्न नहुने उनले बताइन् ।

कपाल झर्ने वा पातलो हुने समस्यामा केवल बाह्य कारण मात्र जिम्मेवार हुँदैनन्। हार्मोन असन्तुलन, तनाव, पौष्टिक तत्वको कमी, शरीरमा पानीको मात्रा घट्नु आदि आन्तरिक कारणले पनि कपालमा समस्या निम्त्याउँछ । ‘नियमित व्यायाम गर्नु, पर्याप्त पानी पिउनु, हरियो सागसब्जी, प्रोटिनयुक्त खाना र फलफूलको सेवनले कपाललाई स्वस्थ राख्न सहयोग गर्छ,’ तिम्सिनाले भनिन् ।

उनका अनुसार हप्तामा दुईपटक स्याम्फु प्रयोग गर्नु पर्याप्त हुन्छ। तर, दैनिक कपाल धुनैपर्ने अवस्था भएमा केमिकल नभएको स्याम्फु रोज्नुपर्ने सुझाव उनको छ । नुहाइसकेपछि कन्डिसनरको प्रयोगले कपाललाई थप कोमल र व्यवस्थित बनाउन सकिने उनी बताउँछिन् ।

सबैको कपाल एउटै प्रकारको हुँदैन। कोहीको कपाल तेलिलो हुन्छ भने कोहीको सुख्खा वा पातलो हुन्छ । यस्तोमा सबैले एउटै ‘प्रोडक्ट’ प्रयोग गर्दा समस्या झन् बढ्न सक्ने तिम्सिनाले बताइन् । ‘पहिलो प्राथमिकता कपालको प्रकृति बुझ्नु हो। त्यसपछि मात्र उपयुक्त तेल, स्याम्फु, कन्डिसनर र अन्य प्रोडक्ट प्रयोग गर्नुपर्छ,’ उनको सुझाव छ ।

तिम्सिनाका अनुसार नियमित हेयर मसाज, घरेलु तेलहरूको सन्तुलित प्रयोग, स्टिमिङ र हेयर मास्कका माध्यमबाट पनि कपाललाई पोषण दिन सकिन्छ । बजारका आकर्षक विज्ञापनभन्दा कपालको आफ्नै आवश्यकता बुझेर हेरचाह गर्नु नै राम्रो उपाय हुने उनले बताइन् ।

उनका अनुसार हप्तामा २ पटक स्याम्फु प्रयोग गर्नु, नियमित नरिबल आदिको तेल लगाएर मसाज गर्नु, ‘हेयर स्टाइलिङ्’ गर्नु, अत्यधिक तातो उपकरणको प्रयोग नगर्नु, नियमित व्यायाम गर्नु र तनावरहित जीवनशैली अपनाउनुले कपालको सुरक्षामा मद्धत पुग्छ ।

‘कपालले व्यक्तित्वको महत्वपूर्ण हिस्सा ओगट्छ । त्यही भएकाले कपालको सही हेरचाह गर्नु आवश्यक छ । छालाको जस्तै कपालको पनि हेरचाह गर्नुपर्ने हुन्छ,’ उनले भनिन् । हेरचाहमा ध्यान नदिँदा कपाल झर्ने, हाँगा फाट्ने, चाया पर्ने, चाँडै सेतो हुने तिम्सिना बताउँछिन् । उनका अनुसार स्वस्थ, चम्किलो र सफा कपालले व्यक्तित्वमा निखार ल्याउँछ र आत्मविश्वास बढाउँछ।

सौन्दर्यकर्मी तिम्सिनासँग गरिएको भिडियो संवादमा कपालको हेरचाहका अन्य टिप्स, उपाय र सावधानीबारे विस्तृत जानकारी लिन सकिन्छ। हेरौं भिडियो

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×