उदयपुरमा २ जनाको शव फेला, घटना शंकास्पद

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ४, बुधबार ०९:१९

विराटनगर । उदयपुरमा २ जनाको शव फेला परेको छ । चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा १ युवक र १ बालिकाको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार अमलचौरीकै २८ वर्षीय रविन राई र १४ वर्षीय किशोरी मञ्जु राईको शव फेला परेको हो ।

बुधबार बिहान मञ्जुको शव अमलचौरी गाउँको बाटोमा फेला परेको थियो । शव भेटिएको करिब दुई सय मिटर दुरीमा रविनको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।

स्थानीयले बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले दुईजनाको शव फेला परेपछि अनुसन्धान सुरु गरेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.