
काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार बजारमा सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २ सय रुपैयाँ रहेको चाँदी आज २ हजार १ सय ५० रुपैयाँमा झरेको छ ।

























