
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा सुन र चाँदीकै मूल्य बढेको हो ।
सुनको भाउ प्रतितोला ५ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार मूल्य प्रतितोला १ लाख ९४ हजार ७ सय रूपैयाँ थियो ।
चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला १० रूपैयाँले मूल्य बढेको हो । भाउ बढेसँगै चाँदी तोलाको २ हजार १ सय ६० रूपैयाँ पुगेको छ । शुक्रबार २ हजार १ सय ५० रूपैयाँ थियो ।

























