रोकियो कतार जाने उडान, यात्रुहरु विमानस्थलमै अलपत्र

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १०, मंगलबार ०६:०९
साउनमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा 

विराटनगर । इरानले अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि काठमाडौंबाट कतार जाने उडान रोकिएको छ ।

हिजो बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरेको छ ।

इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ ।

कतारको हवाई क्षेत्र बन्द भएसँगै नेपाल एयरलाइन्सको दोहा उडानसमेत प्रभावित भएको छ ।

राति ११ बजे उडान तालिका रहेको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ ।

कतार जाने यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.