रास्वपा र राप्रपाको अनुपस्थितिमा बजेट पारित

Share this
643shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १०, मंगलबार १८:२९

काठमाडौं । संघीय सरकारले ल्याएको विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उनको प्रस्ताव बहुमतले पारित भएको हो ।

बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू अनुपस्थित भए । भिजिट भिसा प्रकरणमा गृहममन्त्रीको राजीनामा माग्दै आएका दुई दलले बजेटमाथिको छलफलमा पनि सहभागी भएनन् ।

बजेट पारित भएसँगै सभामा बजेटसँग आश्रित विधेयक आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ अगाडि बढेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.