महिला एसियन कप छनोटमा श्रीलंकासँग खेल्दै नेपाल

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १८, बुधबार १०:४६

विराटनगर । एएफसी महिला एसियन कप छनोट खेलमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रंगशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ ।

समूह ‘एफ’मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलन्तरले पराजित गरेको थियो ।

Advertisement

श्रीलंकाले उज्वेकिस्तानसँग १०–० को पराजय व्यहोरेको थियो । हालसम्मका प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छैन । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल श्रीलंकासँग सातपटक खेलेको छ ।

फिफा वरीयतामा नेपाल १००औँ स्थानमा छ भने श्रीलंका १५९औँ स्थानमा छ ।

राउन्ड रोविन पद्धतिमा सञ्चालित उक्त प्रतियोगिता समूहको शीर्षस्थानमा पुग्ने टोली अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.