मोरङ पूर्ण खोप सुनिश्चितता जिल्ला 

Share this
609shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २३, सोमबार १७:५४

विराटनगर । मोरङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।

स्वास्थ्य कार्यालय मोरङले विराटनगरमा सोमबार कार्यक्रमको आयोजना गरी मोरङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेको हो ।

मोरङमा १ सय ५९ वटा वडामा आर्थिक वर्ष २०८१ / ०८२ मा जन्मेदेखि १५ महिनाभित्रका १६ हजार ५ सय ५१ जना बच्चा र १६ देखि ५९ महिनासम्मका ४४ हजार ३४ जना गरी कूल ६० हजार ५ सय ८५ जना बच्चालाई खोप दिलाइ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले पूर्ण खोप सुनिश्चितताका लागि निरन्तर अभियानमा लाग्न आग्रह गरे ।

त्यस अवसरमा जिल्ला खोप समन्वय समिति मोरङका सदस्यसचिव तथा स्वास्थ्य कार्यालय मोरङका प्रमुख सागर प्रसाईँ, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना निर्देशिका बमोजिम आवश्यक मापदण्ड पूरा गरी गरेको भन्दै आगामी दिनमा निरन्तरता दिनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×