भोटखोलामा नागरिक आरोग्य सेवा केन्द्र

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २४, मंगलबार १५:५४

संखुवासभा । संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखालामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ ।

जिल्लामा आयुर्वेद स्वास्थ्यको पहुँच विस्तार गर्ने योजना तथा नसर्ने रोगको नियन्त्रण रोकथामका लागि भोटखोला गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो । भोटखोला –४ गोला बजारमा केन्द्र स्थापना गरिएको छ ।

नसर्ने रोगको नियन्त्रण, रोकथाम तथा उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ केन्द्रको स्थापना गरिएको जिल्ला आयुर्वेद कार्यालय संखुवासभाका प्रमुख अनिलकुमार यादवले बताए । आयुर्वेद पद्धतिमार्फत उपचार सेवा दिने उद्देश्यले सञ्चालन भएको उक्त केन्द्रबाट सर्ने र नसर्ने रोगको रोकथाम तथा निदानलगायत बारेमा सेवा प्रवाह गरिने उनको भनाइ छ ।

केन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ जीवन कार्यक्रम, औषधि वितरण लगायतका सेवा उपलब्ध गराइने छ । जिल्लाका १० पालिकामध्ये ५ पालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भइसकेको छ ।

आयुर्वेद औषधालय नभएका ठाउँमा सरकारको लक्ष्य अनुसार गाउँमा सेवा विस्तार गर्न थालिएको हो । नागरिक आरोग्य केन्द्रले नसर्ने रोगको नियन्त्रण रोकथाम तथा उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्नुका साथै रोग नियन्त्रणजस्ता सेवा प्रवाह गर्नेछ ।

केन्द्रको स्थापनासँगै आयुर्वेद उपचार पद्धतिमा नागरिकको पहुँच वृद्धि हुने अपेक्षा गरिएको छ भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए । सेवा केन्द्रको उद्घाटन जिल्ला समन्य समितिका प्रमुख सुमन शाक्यले गरेका हुन् ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×