
काठमाडौं । सुनको मूल्य बढेको छ । नयाँ आर्थिक वर्ष २०८२–०८३ को पहिलो दिन बिहीबार सुनचाँदीको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आर्थिक वर्ष २०८१–०८२ को अन्तिम दिन अर्थात असार ३२ गतेको तुलनामा सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य ५ रुपैयाँ बढेर कारोबार भएको हो ।
बिहीबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार १ लाख ९२ हजार रुपैयाँ थियो ।
चाँदीको मूल्य बुधबार २ हजार २६० रुपैयाँ थियो । बिहीबार बढेर तोलामा २ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आजदेखि २ प्रतिशत विलासिता कर पनि लागू भएको छ ।

























