
काठमाडौं । टी २० विश्वकप छनोटका लागि नेपालले बिहीबार (आज) देखि क्लोज क्याम्प सुरु गरेको छ ।
आईसीसी टी २० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक छनोटका लागि नेपाली टोलीको क्लोज क्याम्प सुरु भएको हो ।
क्याम्पमा लामो समयपछि अलराउन्डर मोहम्मद आदिल आलमले पनि कमब्याक भए भने क्याम्पमा ३२ खेलाडी सहभागी छन् ।
नेपालले आगामी अक्टोबरमा ओमानमा हुने टी २० विश्वकप छनोट खेल्ने छ । उक्त प्रतियोगितामा समूह २ मा परेको नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा ९ टोली सहभागी रहने छन् । सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले भारत र श्रीलंकामा सन् २०२६ मा आयोजना हुने टी २० विश्वकपमा स्थान बनाउने छन् ।
नेपाली टोलीले छनोट खेल अघि अन्य देशमा अभ्यास खेल खेल्ने छ ।

























