न्युजिल्यान्ड  वेलिंगटन फिनिक्स क्लबमा साम्बा अनुबन्ध

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १, बिहीबार १२:४७

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध भएकी छन् ।

अस्ट्रेलियाको ‘ए’ लिगको नयाँ सिजन सन् २०२५ / ०२६ का लागि फिनिक्सले साम्बालाई अनुबन्ध गरेको हो । साम्बाले फिनिक्सबाट खेल्ने भएकी छन् ।

साम्बाले यसअघि फ्रान्सको एन अभान्ट ग्वेंगाम्पबाट २ सिजन खेलेकी थिइन् । उनले सामाजिक सञ्जालमार्फत ग्वेंगाम्पबाट अलग भएको बताएकी हुन् ।

साम्बासँग इजरायलदेखि भारत, माल्दिभ्ससम्म लिग खेलेको अनुभव रहेको छ

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.