हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १, बिहीबार १८:४३

काठमाडौं । हिमाल अर्याल र प्रभा आङदेम्बे विश्व पारा एथलेटिक्स च्याम्पियनसिपका लागि छानिएका छन् ।

भारतको नयाँ दिल्लीमा सेप्टेम्बर २६ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताका लागि २ खेलाडी छानिएको पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ शिवाकोटीले जानकारी दिए ।

हिमालले सटपुट तथा प्रभाले लङजम्पमा प्रतिस्पर्धा गर्ने छन् । प्रभाले गत फेब्रुअरीमा नयाँ दिल्लीमै भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा लङजम्पमै रजत पदक जितेकी थिइन् ।

अध्यक्ष शिवाकोटीले विश्व पारा च्याम्पियनसिपमा नेपाली खेलाडीले सहभागिताको अवसर पाउनु ऐतिहासिक भएको बताउँदै विश्व पारा एथलेटिक्समा नेपालको पहिलो सहभागिता हुने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.