
काठमाडौं । राष्ट्रिय यु २३ फुटबल टोलीलाई ४० जनाबाट छनोट गर्दै ३२ जनाको नाम सार्वजनिक गरिएको छ ।
प्रशिक्षणमा रहेको टोलीलाई ४० बाट ३२ खेलाडीलाई छनोट गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले विभिन्न चरणपछि खेलाडी छनोटको संख्या ३२ मा ल्याएको एन्फाले जनाएको हो ।
टोली आगामी एएफसी यु २३ एसियाली कप छनोटको तयारीमा जुटेको छ । प्रतियोगिता सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा हुनेछ। नेपाल समूह ‘के’ मा ताजिकिस्तान, सिरिया र फिलिपिन्ससँग परेको छ।
छनोट टोलीमा रहेका ३२ खेलाडी
अभिषेक सेङटाङ, अभिषेक वाइबा, आयुष घलान, आयुष तिम्सिना, अमित टमटा, अनिल बम्जन, अनिष क्षेत्री, आरोन थापा, विवेक गुरुङ, विशाल केसी, विशाल नेपाली, दीपेश गुरुङ, दीपेश राई, जन्मजय धामी, जियारत शेख, कृशल मोक्तान, कृतिश रत्न चुनजू, लहान सुब्बा, निग्मा लामा, नीरज कार्की, निराजन धामी, पेम्बा लामा, पुजन थापा, राम थापा, रोहन खड्गी, सविन घिमिरे, संजीव लामा, शंकर थारू, सन्तोष खत्री, सीमन्त थापा, सुजन मगर, सुमित श्रेष्ठ

























