
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ प्रति तोला ४ सय रुपैयाँले बढेको छ ।
आइतबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज १ लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको छ ।
यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
आज चाँदीको भाउ आज स्थिर छ । प्रतितोला २२८५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

























