फेरि चुक्याे नेपाल ,बंगलादेशले जित्यो उपाधि

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण ५, सोमबार २१:२१

काठमाडौं ।  साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । अन्तिम खेलमा नेपाललाई ४-० गाेल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हाे ।

बंगलादेश साविक विजेता हाे । नेपाल फेरि उपविजेतामै सीमित भएको छ ।

Advertisement

पहिलो हाफमा १ गोल मात्र बेहोरेको नेपालले दोस्रो हाफमा ३ गोल बेहोरेको हो । बंगलादेशका लागि सागोरिकाले ह्‍याट्रिकसहित ४ गोल गरिन् ।

यसअघि बंगलादेशसँगको अघिल्लो भेटमा पनि नेपाल ३-२ ले पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.