खाँदबारीमा १ महिने ब्याडमिन्टन प्रशिक्षण सुरु

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ६, मंगलबार १५:५४

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा बालबालिकालाई लक्षित गरेर १ महिने ब्याडमिन्टन (क्याम्प) प्रशिक्षण सुरु भएको छ ।

संखुवासभा ब्याडमिन्टन संघको आयोजनामा १५ बर्षमुनिका बालबालिकाका लागि प्रशिक्षण सुरु भएको हो । खाँदबारी नगरपालिका–१ स्थित सोमनाथ मेमोरिलय कबर्डहलमा प्रशिक्षण भइरहेको छ ।

बालबालिकालाई खेल क्षेत्रमा आकर्षण गराउन प्रशिक्षणकाे आयोजना गरिएको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जीव श्रेष्ठ (राजु)ले जानकारी दिए । नियमित खेल सिकाउनका लागि ब्याडमिन्टन संघका राष्ट्रिय खेलाडी सुनील कार्कीलाई १ महिनाका लागि प्रशिक्षक नियुक्ति गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार १ महिने प्रशिक्षणमा ‘बेसिक ब्याडमिन्टन’ सिकाइने छ । खेलका मध्ययमबाट अनुशासित र समुन्नत समाज निर्माण गर्न बल पुग्ने हुँदा बालबालिकालाई ब्याडमिन्टन प्रशिक्षण महत्त्वपूर्ण हुने अपेक्षा गरिएको जिल्ला ब्याडमिन्टन संघ संखुवासभाका सल्लाहकार हिमालय पोखरेलले बताए ।

ब्याडमिन्टन खेलका माध्ययमबाट शरीर स्वस्थ्य राख्न सकिने बताउँदै उनले बालबालिकाहरूलाई मोबाइलको लतबाट छुटाउन पनि यसको प्रशिक्षणले मद्दत पुर्याउने उल्लेख गरे । तालिममा जिल्लाका ३० जना बालबालिका सहभागी भएका छन् ।

पछिल्लो समय ब्याडमिन्टनप्रति बाललालिकाहरुको क्रेज बढ्दै गएको छ । जिल्लामा ‘इन्डोर कोर्ट’ बनाएपछि अहिले ‘गेम’ खेल्नेको संख्या बढ्दै गएको हाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.