
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेको छ ।
मंगलबारको तुलनामा आज बुधबार २ हजार १०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ ।
मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि बढेको छ ।
महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो ।

























