श्रमिकको न्यूनतम संख्यामा चुक्ने ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ८, बिहीबार १५:३२

काठमाडौं । वैदेशिक रोजगारीका लागि वार्षिक १ सय श्रमिक पनि विदेश पठाउन नसकेका ३ सय २६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा परेको छ।

वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको सुरुवातसँगै ती म्यानपावरलाई निलम्बन गरेको हो । वैदेशिक रोजगार ऐन, २०६४ को संशोधित प्रावधानअनुसार, लगातार २ वर्षसम्म वार्षिक १ सयभन्दा कम श्रमिक पठाउने म्यानपावर कम्पनीको इजाजतपत्र स्वतः रद्द हुने व्यवस्था छ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार अहिले निलम्बनमा परेका ३ सय २६ कम्पनीमध्ये धेरैले गत आर्थिक वर्ष २०८१–८२ मा १ सय कामदारसमेत पठाउन सकेनन्। ती कम्पनीहरूको इजाजतपत्र नवीकरणमा रोक लगाइएको उनले बताए ।

यद्यपि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो प्रावधान खारेज गर्न कानुनी प्रक्रिया अघि बढाइसकेको छ। गत वैशाख १६ गते ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’बाट यो प्रावधान हटाइएको भए पनि हालसम्म राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छैन ।

प्रमाणीकरण भएपछि मात्र राजपत्रमा प्रकाशित भई नयाँ कानुनको कार्यान्वयन हुनेछ। महानिर्देशक भट्टराईका अनुसार, ऐन प्रमाणीकरण नभएसम्म कानुन अनुसार म्यानपावर कम्पनीहरूको इजाजतपत्र नवीकरण गर्न मिल्दैन।

यद्यपि, विगतमा मन्त्रालयले ‘बाधा अड्काउ फुकाउ’ को अधिकार प्रयोग गर्दै कम्पनीहरूको इजाजतपत्र नवीकरण गर्दै आएको थियो । गएको वर्ष पनि अन्तिम पटक भन्दै २ सय ५८ कम्पनीलाई इजाजत नवीकरण गरिएको थियो।

तर, अब विभागले स्पष्ट रूपमा कानुन र कार्यविधिको संशोधन आवश्यक रहेको बताएको छ। यसका लागि वैदेशिक रोजगार नियमावली समेत संशोधन गर्नुपर्ने हुन्छ । जसको तयारी मन्त्रालयले ऐन प्रमाणीकरणपछि गर्ने भएको छ ।

हालका लागि ३ सय २६ कम्पनीले असार मसान्तसम्म इजाजतपत्र नवीकरण गर्न नसकेका कारण साउनदेखि ती कम्पनीहरूको अवस्था निलम्बनमा पुगेको हो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.