कोशीको भौतिक मन्त्रालयद्वारा ४ अर्ब बढी बेरुजु फछ्यौट

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ९, शुक्रबार १७:४८

विराटनगर । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १ वर्षको अवधिमा ४ अर्ब १ करोड ४४ लाख रुपैयाँ बेरुजु फछ्यौट गरेको छ ।

मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले ४ अर्ब १ करोड ४४ लाख ३३ हजार ४ सय ७७ रुपैयाँ बेरुजु फछ्यौट गरिएको जानकारी दिए । मन्त्रालयमा कूल ५ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ बेरुजुमध्ये ६७‍.४१ प्रतिशत बेरुजु फछ्यौट भएको हो ।

मन्त्रालयले असुल गर्नुपर्ने बेरुजु १० करोड ९८ लाख ७८ हजार ३ सय १६ रुपैयाँ, पेस्की बेरुजु ३ अर्ब ६ करोड १५ लाख ४० हजार १ सय २० रुपैयाँ र नियमित गर्नुपर्ने १ अर्ब १ करोड ९ लाख रुपैयाँ बेरुजु फछ्यौ६ गरेको छ । मन्त्री राईले सार्वजनिक गरेको तथ्यांक अनुसार गतवर्ष प्रदेश सरकारले ११३.८९ किलोमिटर सडक कालोपत्र गरेको छ ।

उनका अनुसार १७५.४९ किलोमिटर ग्राभेल भएको छ । १६.७१ किलोमिटर आरसीसी–पीसीसी ढलान र ४७.९६ किलोमिटर नयाँ ट्रयाक खुलेको छ ।

राईका अनुसार १ वर्षको अवधिमा प्रदेशले १८ वटा सडक पुल र १६ वटा झोलुंगे पुल निर्माण भएका छन् । ११ वटा बहुवर्षीय सडक आयोजनाको ११५.८९ किलोमिटर सडक थप निर्माण भएको छ ।

प्रदेश सरकारको स्रोतबाट २ सय ८४ विपन्न नागरिकको घर निर्माण भएको उनले बताए । संघीय सशर्त अनुदानबाट २ सय ५४ घर निर्माण भएका छन् ।

मन्त्रालयले गत वर्ष १३ वटा सरकारी भवन, ६९ वटा सामुदायिक भवन, ११ वटा सभा हल, ४० विद्यालयको पूर्वाधार, २५ धार्मिक पूर्वाधार, ११ कभर्ड हल र १० वटा खेल मैदान निर्माण गरेको छ ।

मन्त्री राईले चालु आर्थिक वर्षको सालबसाली तथा स्रोत सुनिश्चित भएका आयोजनाहरूको ठेक्का प्रक्रिया आर्थिक वर्षको पहिलो त्रैमासिकभित्रै सम्पन्न गरिने बताए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.