मोरङ र सुनसरीका औद्योगिक क्षेत्रका साझा चुनौती सामना गर्ने 

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ९, शुक्रबार १९:३३

विराटनगर । उद्योग संगठन मोरङ र मोरङ उद्योग व्यापार संघले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी सुनसरी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्य समितिलाई स्वागत तथा सम्मान गरेको छ ।

मोरङ र सुनसरीका औद्योगिक तथा व्यावसायिक संघसंस्थाले मोरङ–सुनसरी औद्योगिक करिडोरले सामना गरिरहेका आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न सुदृढ सहकार्यको प्रतिबद्धता जनाएका छन् ।

सो अवसरमा दुवै जिल्लाका व्यावसायिक संस्थाहरूबीचको सहकार्यलाई अझ सुदृढ बनाउने र आर्थिक विकासका लागि सामूहिक प्रयास गर्ने प्रतिबद्धता जनाए ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले सुनसरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठसहितको टोलीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

उनले मुलुकको अर्थतन्त्रको विकासका लागि दुवै संघको अगुवाइमा मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरूको हकहित, संरक्षण र प्रवर्द्धनका मुद्दाहरूलाई संयुक्त रूपमा उठाउनुपर्नेमा जोड दिए ।

संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले नेपालमा औद्योगिक विकासका परियोजनाहरू सुस्त हुँदा युवा पलायन बढिरहेकोमा चिन्ता व्यक्त गरे ।

उनले युवाहरूलाई स्वदेश फर्काउन र जनतालाई आर्थिक रूपमा सक्षम बनाउन राज्यले विकासका परियोजनाहरू अघि बढाउनुपर्ने र यसका लागि सबै उद्योग वाणिज्य संघहरूले संयुक्त पहल गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले सुनसरी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्य समितिलाई स्वागत गर्दै औद्योगिक क्षेत्रको समग्र हितका लागि संस्थागत ऐक्यबद्धता हुनुपर्ने बताए ।

उनले उद्योग व्यवसायमा छाएको सुस्तता अन्त्यका लागि व्यावसायिक संस्थाहरू एकजुट हुनुपर्ने आवश्यकता रहेको औँल्याउँदै आर्थिक विकासका सन्दर्भमा देखिएका नीतिगत समस्याहरू समाधानका लागि सामूहिक रूपमा राज्यको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले उद्योग संगठन मोरङ र मोरङ उद्योग व्यापार संघलाई मुलुककै अभिभावक मान्ने गरेको र राज्यले समेत यस संघको आवाजलाई गम्भीरतापूर्वक लिने गरेको बताए ।

उनले मोरङ–सुनसरी आर्थिक करिडोरका उद्योगी व्यवसायीका समस्या समाधानका लागि संघले चाल्ने गरेका कदमहरूमा सदैव आफ्नो ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गरे ।

दुवै कार्यक्रममा दुवै संघका पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू, महिला उद्यम समितिका सदस्यहरू र युवा उद्यम समिति सदस्यहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.