नेपाल टेनिस संघको अध्यक्षमा मनोहरदास मुल 

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १०, शनिबार १८:२४

काठमाडौं । नेपाल टेनिस संघको अध्यक्षमा मनोहरदास मुल निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार काठमाडौंमा भएको ११ औं विशेष साधारण सभाले मुलको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्य समिति निर्विरोध चयन गरेको हो । नयाँ निर्वाचित समितिको कार्यकाल ४ वर्षका लागि हुने जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष मुल यसअघि नेपाल टेनिस संघ तदर्थ समितिका संयोजक थिए । संयोजक अघि मुल महासचिवको जिम्मेवारीमा थिए ।

समितिको उपाध्यक्षमा दिनेश तुलाधर, विनोद कायस्थ र राजु श्रेष्ठ चयन भए । महासचिवमा निरेशबहादुर श्रेष्ठ, सचिवमा अजय विष्ट र कोषाध्यक्षमा जयजीव हाडा रहेका छन् ।

सदस्यमा प्रीति बराल, गोपालप्रसाद ज्ञवाली, अशोक गुरुङ, प्रवीण वैद्य, रविन प्रधान, गोकुल श्रेष्ठ, कवीन्द्र पन्त, निशान्तकुमार लामिछाने र सुन्दरबहादुर केसी चयन भए ।

नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले शुभकामना दिए भने राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले प्रमाणपत्र प्रदान गरे ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.