३ हजार पुगेर घट्याे नेप्से परिसूचक

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ११, आइतबार १५:४२

काठमाडौं । आज आइतबार सेयर बजार मापन परिसूचक ३ हजार अंक पुगेर घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १८.४४ अंकले घट्याे । सो गिरावटपछि नेप्से २९६४ अंकमा कायम भएको छ ।

कारोबार सुरु भएपछि बढेको बजार ३ हजार १२ अंकसम्म पुगेकाे थियाे । गत वर्ष साउन ३० गते कारोबार बन्द हुँदा नेप्से परिसूचक ३ हजार अंकमा थियाे । ४ वर्षअघि २०७८ भदौ २ गते नेप्से परिसूचक ३१९८ अंक पुगेको रेकर्ड छ । त्यसयता निरन्तर घटेकाे छ ।

आइतबार कारोबार रकम बढेको छ । गत बिहीबार १८ अर्ब ४९ करोडको कारोबार भएको थियाे ।  आज २६ अर्ब ५७ करोडको काराेबार भयो । यो कारोबार रकम गत वर्षको भदौ २ यताकै उच्च हो ।

आजको कारोबारमा पनि हाइड्रोपावर समूह सबैभन्दा अगाडि छ । सो समूहको मात्रै ११ अर्ब ६२ करोडको कारोबार भयो । कुल कारोबारमा हाइड्रोपावर समूहको हिस्सा ४३ प्रतिशत हो । विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूको कारोबार २–२ अर्बमाथिको भयो ।

आज ६३ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.