फाइल तस्बिरविराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ३६ अर्ब ७२ करोड रुपैयाँ राजश्व संकलन गरेकाे छ । याे निर्धारित लक्ष्यभन्दा १९.८ प्रतिशत कम हाे । भन्सार कार्यालयका अनुसार लक्ष्य ४१ अर्ब ५५ करोड रुपैयाँ संकलन गर्ने थियाे ।
गतवर्ष भदौमा सबैभन्दा कम ६८.२६ प्रतिशत राजवश्व संकलन भएको थियो ।
भन्सारले अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा भने ५० अर्ब ८१ करोड ६२ लाख रुपैयाँ लक्ष्य राखेकोमा ३० अर्ब ३४ करोड ९० लाख रुपैयाँ संकलन गरेको थियो ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल २ खर्ब ८३ अर्ब ४१ करोड ३७ लाख रुपैयाँभन्दा बढीको व्यापार भएको छ । २ खर्ब ९ अर्ब ९९ करोड ८९ लाख रुपैयाँको बस्तु आयात भएको छ भने ७३ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बढीको निर्यात भएको छ।

























