सबभन्दा कम रोपाइँ मधेशमा, कोशीमा ८०.३९ प्रतिशत

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ११, आइतबार २१:०७

विराटनगर । देशभर हालसम्म करिब ७८ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये ११ साउनसम्म १० लाख ८६ हजार १ सय ४८ हेक्टरमा रोपाइँ भएको हो ।

गत वर्षको तुलनामा झन्डै १३.७६ प्रतिशतले रोपाइँमा कमी आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ९१.३८ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत रोपाइँ भएको हो ।

यस्तै गण्डकी प्रदेशमा ८४.५३ प्रतिशत रोपाइँ हुँदा बागमती प्रदेशमा ८७.१९ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी मधेश प्रदेशमा सबैभन्दा कम ५१.८२ प्रतिशत रोपाइँ भएको छ । कोशी प्रदेशमा ८०.३९ प्रतिशत रोपाइँ भएको छ ।

गत वर्ष यही अवधिमा ९२.६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । मधेसलाई सुक्खाग्रस्त घोषणा गरिएको हुँदा धान उत्पादन घट्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.