विराटनगरमा ग्रासरुट क्रिकेट महोत्सव 

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १२, सोमबार १८:३९

विराटनगर । विराटनगर –६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा ‘ग्रासरुट क्रिकेट’ महोत्सव सम्पन्न भएको छ ।

नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा मेरिलेबोन क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट बाउन्ड्रिजको सहकार्यमा मोरङ जिल्ला क्रिकेट संघको सहयोगका लागि क्रिकेट महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवको उद्देश्य कोशी र मधेस प्रदेशका विभिन्न हबबाट खेलाडीहरूलाई सहभागी गराई नेपालको ग्रासरुट स्तरको महिला क्रिकेटलाई प्रवर्द्धन गर्ने तथा खेलाडीबीच आपसी सिकाइको अवसर सिर्जना गर्ने नेपाल क्रिकेट फाउन्डेसनका संस्थापक अध्यक्ष अविशेष श्रेष्ठले जानकारी दिए ।

कोशी प्रदेशको विराटनगर, तरहरा, उदयपुर, पथरीशनिश्चरे र मधेश प्रदेशको सिरहा र राजविराजबाट ६ वटा हबका ८२ जना बालिकाको सहभागिता रहेको थिए ।

क्रिकेट महोत्सवमा ८ ओभरको खेलमा सबै हबले एकअर्कासँग खेलका थिए ।

महोत्सवको उद्देश्य क्रिकेटको उत्सव मनाउने र बालिकाहरूलाई खेलमा सहभागी गराउने रहेको अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सवमा उत्कृष्ट हुने छात्रा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डे, उदयपुर जिल्ला क्रिकेट संघका अध्यक्ष तथा क्यानका सदस्य अल्विन बस्नेत, मोरङ जिल्ला क्रिकेट संघका महमद साद कुरेशी, क्यान महिला क्रिकेट विकास समिति सदस्य जिना श्रेष्ठ, क्रिकेट विथआउट बाउन्ड्रिजकी सारा बेगलगायतले प्रमाणपत्र वितरण गरे ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.