
विराटनगर । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको मूल्यमा सामान्य घटबढ भएको हो । सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको छ ।
भाउ घटेसँगै सुन तोलाको १ लाख ९३ हजार रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार मूल्य १ लाख ९३ हजार ६ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । तोलाको ५ रूपैयाँले मूल्य बढेको हो । सोमबार प्रतितोला २ हजार २ सय ९५ रूपैयाँ रहेको चाँदी मंगलबार तोलाको २ हजार ३ सय पुगेको छ ।

























