
काठमाडौं । पलेशा गोबर्धनले दसौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा शुक्रबार कांस्य पदक जितेकी छन् ।
मलेसियाको कुचिङमा भएको प्रतियोगितामा पेरिस पारालम्पिक ऐतिहासिक कांस्य विजेता पलेशाले के –४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि उज्बेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कांस्य जितेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।
चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यत्तैबाट प्रतियोगितामा सहभागी हुन मलेसिया पुगेकी थिइन् ।
जुलाई २४ देखि अगस्ट १ तारिखसम्म भएको प्रतियोगितामा पलेशासहित ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
पुरुष ५८ केजीमुनि भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोन तथा महिला ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गरेका थिए ।
टोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ रहेका छन् ।

























