
विराटनगर । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य एकैपटक तोलाको ३ हजार ४ सय रूपैयाँले बढेको छ ।
वृद्धि भएको मूल्य केही समययताकै उच्च हो । भाउ बढेसँगै सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ५ सय रूपैयाँ कायम भएको छ । गत शुक्रबार तोलाको १ लाख ९३ हजार १ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलाको १५ रूपैयाँले भाउ बढेको हो । चाँदीको मूल्य प्रतितोला २ हजार २ सय ५० रूपैयाँ कायम भएको छ । शुक्रबार २ हजार २ सय ३५ रूपैयाँमा कारोबार भएको थियो ।

























