नेपाली यु–२० महिला रग्बी टोलीको घोषणा

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण १८, आइतबार १९:१५

काठमाडौं । नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यु –२० सेभेन्स ट्रफीका लागि नेपाली महिला रग्बी टोली घोषणा गरेको छ ।

भारतमा आगामी साउन २४ देखि २७ गतेसम्म एसिया रग्बी इमिरेट्स यु –२० सेभेन्स ट्रफी २०२५ आयोजना हुँदै छ । यस ट्रफीका लागि रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषण गरेको हो ।

Advertisement

पछिल्लो संस्करण यस उमेर समूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो । यसपल्ट भने भारतले आयोजना गर्न लागेको हो ।

नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही छिन् ।

सावित्री पुर्जाको प्रशिक्षणमा नेपाली यु –२० महिला रग्बी टोली छनोट भएको हो ।

नेपाली टोलीले हाल सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण गरिरहेको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए ।

प्रतियोगिता हुने भारतको मौसमसँग मिल्ने गरी टोलीलाई पछिल्लो एक महिनादेखि सर्लाहीमा प्रशिक्षणमा राखिएको महासचिव घिमिरेले बताए ।

टोली प्रतियोगितामा सहभागी हुन आगामी साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रबाट समान ८ / ८ आठ पुरुष / महिला यु –टोलीले प्रतिस्पर्धा गर्दै छन् । बिहारस्थित राजगीर रंगशालामा खेल खेलाइने रग्बी संघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
नेपालले न्युयोर्कमा उठाउनेछ जलवायु न्यायदेखि विश्व शान्तिसम्मका सवाल
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका अधिवेशन हुँदैन
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
कोशीमा वर्षा झन् बढ्ने, केही ठाउँमा अति भारी वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
युवालाई बोल्ने कला सिकाउँदै विराटनगर जेसीज
युवालाई बोल्ने कला सिकाउँदै विराटनगर जेसीज
महासभामा जलवायु मुद्दा उठाउन प्रधानमन्त्री न्यूयोर्कतर्फ
दुई महिने राष्ट्रिय जनअभियान चलाउने नेकपा संयोजन समितिको निर्णय
गल्छी–स्याफ्रुबेँसी सडक असोजभित्र सञ्चालन गर्ने तयारी
खुकुरी देखाएर आतंक मच्चाउने युवाको साथमा भेटियो गोली र बारुद
दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार
मोरङमा पक्राउ परेका युवा–युवती : श्रीमान–श्रीमतीका रुपमा बसे, लागुऔषधको दलदलमा फसे
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×