ताप्लेजुङ सरोकार केन्द्रको स्थापना दिवसमा फुटसल खेलाइँदै

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २१, बुधबार ०९:३३

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले आफ्नो स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

२०औं स्थापना दिवसको अवसर पार्दै भदौ ७ गते शनिबार काठमाडौंको चाबहिलमा अवस्थित धन्यन्तरी फुटसलमा प्रतियोगिता आयोजनाको तयारी भएको सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिए ।

‘सामाजिक एकता, खेलप्रति रुचि तथा युवाहरूको सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले स्थापना दिवसको अवसर पारेर यस वर्ष फुटसल प्रतियोगिता आयोजना गर्ने तयारी भएको छ,’ अध्यक्ष तामाङले भने, ‘सहभागिता जनाउन इच्छुक टोलीहरूले भदौ ६ गते साँझ ५ बजे भित्र नाम दर्ता गराइसक्नु पर्नेछ ।’

यस वर्ष आयोजना हुने फुटसलमा पुरुष, पुरुष भेट्रान (४० वर्षभन्दा माथिका) र फुटसल महिला प्रदेश ‘क’ र प्रदेश ‘ख’ को आयोजना हुने छ । प्रतियोगितामा ताप्लेजुङका मात्रै सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

ताप्लेजुङ जिल्लामा जन्म भएको अथवा बुबा जन्मिएको प्रमाणपत्र (नेपाली नागरिकता/जन्मदर्ता वा नाता प्रमाणपत्र आदि) अनिवार्य रूपमा पेस गर्नु पर्ने केन्द्रका उपाध्यक्ष तथा कार्यक्रम संयोजक पदमजंग आङ्बुहाङले बताए । उनका अनुसार खेलमा एक पालिकाबाट बढीमा २ टिम मात्र समावेश गरिनेछ । प्रत्येक टिममा अधिकतम ७ खेलाडी (५ खेल्ने + २ सुरक्षात्मक) रहने छन् ।

ताप्लेजुङ सरोकार केन्द्रमा ताप्लेजुङ घर भई काठमाडौंमा बसोबास गर्दै आएका समाजसेवी, विभिन्न राजनीतिक दलका नेता, मन्त्री, पूर्व मन्त्री, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, व्यवसायी, कलाकार, विद्यार्थी सबै पक्षको सहभागिता रहेको छ । 

५ हजार दर्ता शुल्क तोकिएको उक्त प्रतियोगिताको पुरुष तर्फको खेल विजेताले नगद १ लाख, उपविजेताले नगद ५० हजार, फेयर प्ले टिमले नगद १० हजार, वेस्ट गोलकिपरले नगद ५ हजार, वेस्ट प्लेयरले नगद ५ हजार प्राप्त गर्नेछन् । प्रत्येकले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पनि प्राप्त गर्नेछन् ।

पुरुष भेट्रान तर्फको विजेता टोलीलाई नगद १० हजार मेडल र प्रमाणपत्र दिइनेछ भने महिला तर्फको विजेता टिमले पनि नगद १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने केन्द्रका महासचिव अशोक प्यासी राईले बताए ।

‘यस वर्ष हामीले फुटसललाई पनि फराकिलो बनाउँदै महिला र पुरुष भेट्रान पनि खेलाउँदैछौं,’ महासचिव राईले भने, ‘काठमाडौं उपत्यकामा रहेका ताप्लेजुङका ९ पालिकाका संघ–संस्थाहरू, समाजहरू, समूहहरूलाई आ–आफ्ना तर्फबाट खेलाडीहरू तयार गरी प्रतियोगितामा सहभागिता जनाई स्थापना दिवसको खेलकुद उत्सवलाई सफल बनाउन म हार्दिक अनुरोध गर्दछु ।’

ताप्लेजुङ सरोकार केन्द्रमा ताप्लेजुङ घर भई काठमाडौंमा बसोबास गर्दै आएका समाजसेवी, विभिन्न राजनीतिक दलका नेता, मन्त्री, पूर्व मन्त्री, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, व्यवसायी, कलाकार, विद्यार्थी सबै पक्षको सहभागिता रहेको छ ।

केन्द्रले प्रत्येक वर्ष नेपालकै ठुलो ताप्लेजुङ वनभोजको आयोजना गर्दै आएको छ भने, ताप्लेजुङको विकासका लागि अन्य विभिन्न गतिविधि पनि गर्दै आएको छ । जसमा राहत तथा सहयोग, ताप्लेजुङ मेला र महोत्सव, पाथीभरा पदयात्रा महोत्सव र ताप्लेजुङ साँझ रहेका छन् ।

ताप्लेजुङमा जन्मिएर विभिन्न सिलसिलामा काठमाडौंमा बस्दै आएकाहरूलाई एक ठाउँमा भेला गर्ने र दुःख, सुख साटासाट गर्ने उदेश्यले सरोकार केन्द्रले हरेक वर्ष सहभागितामूलक कार्यक्रमहरू गर्दै आएको अध्यक्ष तामाङ बताउँछन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.