कोशी प्रदेश कराँते महासंघको अध्यक्षमा प्रभाकर राना

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २३, शुक्रबार २०:२७
कोशी प्रदेश कराँते महासंघको अध्यक्षमा प्रभाकर राना

विराटनगर। कोशी प्रदेश कराँते महासंघको अध्यक्षमा मोरङका प्रभाकर राना मगर (रिक्की) निर्वाचित भएका छन् ।

शुक्रबार मोरङको बुढीगंगा गाउँपालिकास्थित टंकीसिनवारीमा भएको प्रथम प्रदेश अधिवेशनबाट राना अध्यक्षमा निर्वाचित भएका हुन् । रानाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको छ ।

समितिको उपाध्यक्षद्वय इलामका कमी राई र उदयपुरका रविन राई, सचिवमा खोटाङका मिलन कसजु, सहसचिवमा सुनसरीका अनिष राजधामी तथा कोषाध्यक्षमा झापाकी रेनुका राई निर्वाचित भए ।

त्यस्तै, सदस्यहरूमा इलामकी मनकुमारी मुखिया, संखुवासभाका दीपक मगर, ओखलढुंगाका राजन दाहाल र झापाका संजयकुमार साह निर्वाचित भएको निर्वाचन अधिकृत कालिदास भट्टराईले जानकारी दिए ।

प्रथम अधिवेशनको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले गरेका थिए ।

सो अवसरमा कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्की, बोर्ड सदस्य प्रदीप भगत थारु, नेपाल कराँते महासंघका महासचिव केन्द्रीय सदस्य मिलनराज प्रसाईं, सिताेरियाे साेबुकान कराँतेका  केन्द्रीय महासचिव धाेजमान मोक्तानलगायत प्रदेशका कराँते खेलकर्मीहरूको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.