गैंडाकोटमा चियाको परीक्षण खेती

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २४, शनिबार ०७:४५

नवलपरासी । (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले गैँडाकोट–१८ को बसेनी गाउँमा चिया खेतीको सुरुवात गरेको छ।

नगरपालिकाले यो पहाडी क्षेत्रको हावापानी चिया खेतीका लागि उपयुक्त रहेको भन्दै परीक्षणका रूपमा सात हजार ५०० चियाका बिरुवा लगाएको छ।

गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले बसेनीलाई भविष्यमा पर्यटकीय गाउँका रूपमा विकास गर्ने योजना रहेको बताए। नगर उपप्रमुख शान्ति कोइरालाले यो परीक्षण सफल भएमा खेती विस्तार गर्ने बताइन्।

कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माका अनुसार यो चिया खेती मुख्यतया पर्यटकलाई आकर्षित गर्न र इलाम जाने पर्यटकलाई गैँडाकोटमै भित्र्याउनका लागि सुरु गरिएको हो।

अहिले सुरु गरिएको चिया खेतीबाट दुई वर्षभित्र उत्पादन सुरु हुने अपेक्षा गरिएको छ। उत्पादनपछि यो चियालाई स्थानीय उत्पादनका रूपमा पर्यटकहरूलाई मायाको चिनो दिनका लागि ब्रान्डिङ गरिने योजना छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.