महिला एसियन कप छनोटका लागि उत्तर कोरियासँग खेल्दै नेपाल

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण २५, आइतबार ०८:५७

काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज उत्तर कोरियासँग खेल्दैछ ।

खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । उत्तर कोरिया यू–२० विश्वकप तथा एसियन कप दुवै जितिसकेको टोली हो ।

Advertisement

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । दोस्रो खेलमा साउदी अरेबियालाई १–० गोलअन्तरले हराएको थियो ।

उत्तर कोरियाले साउदी अरेबियालाई १५–० तथा भुटानलाई १०–० को फराकिलो अन्तरले हराएको थियो ।

नेपालले पछिल्लोपटक सन् २००४ मा यही उमेर समूहमा उत्तर कोरियासँग एसियन कपमै खेलेको थियो । सो खेल १९–० गोलअन्तरले कोरियाले जितेको थियो । प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.