
विराटनगर । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । मूल्यमा सामान्य गिरावट आएको हो । चाँदीको मूल्य भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको २ सय रूपैयाँले घटेर १ लाख ९९ हजार २ सय कायम भएको छ । सुनको मूल्य शुक्रबार १ लाख ९९ हजार ४ सय रुपैयाँ थियो ।
यता चाँदीको मूल्य भने तोलाको ५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै मूल्य प्रतितोला २ हजार ३ सय ३० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलाको २ हजार ३ सय २५ रुपैयाँ थियो ।

























