क्रिकेटर राजवंशीलाई मातृशोक

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २५, आइतबार १५:२७

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीलाई मातृशोक परेको छ ।

विराटनगर महानगरपालिका–१४ जतुवास्थित आफ्नै घरमा राजवंशीकी आमा शुभकुमारी राजवंशीको निधन भएको जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीले जानकारी दिए । ६० वर्षीया राजवंशी लामो समयदेखि फोक्सोको समस्याबाट पीडित थिइन् ।

उपचार सेवाकै कारण हालसम्म उनी दैनिकीमा भने सक्रिय रहँदै आएकी थिइन् । छिमेकी राजकुमार विश्वासका अनुसार राजवंशीको सिंघिया खोलामा विधिपूर्वक अन्त्येष्टि गरिने छ । आमाको निधन भएको खबरसँगै ललित पनि घर आइसकेका छन् ।

विश्वासले भने, ‘शनिबार राति घरमा खाना र औषधि खाएर सुत्नु भएको रहेछ । भोलिपल्ट बिहान छोरीले उठाउन जाँदा मात्र घटना थाहा भएको हो ।’

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.